आजैदेखि इन्धन ढुवानी सहज, पेट्रोलियम ढुवानी चालकहरूसँग भयो सहमति

आजैदेखि इन्धन ढुवानी सहज, पेट्रोलियम ढुवानी चालकहरूसँग भयो सहमति

petrol-oil-pump-tel

काठमाडौं– नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति भएको छ।

सहमति भएसँगै आजैबाट पेट्रोल पम्पहरू खुल्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।

‘छलफल सकियो। दुई पक्षबीच सहमति भएको छ,’ उनले भने, ‘आजैबाट तेल पाइन्छ।’

शनिबारदेखि ट्यांकर चालकहरूले सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए।

उक्त आन्दोलनलाई लिएर सोमबार दुई पक्षबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds