इलाम । इलाममा कुकुरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
इलामको देउमाई नगरपालिका–९, जितपुरबाट २१ वर्षे दीक्षान्त मोरोहाङ लिम्बू, त्यहीँका १७ वर्षे संगम लिम्बू र १७ वर्षे अशोक लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूले पटक–पटक लाठीले हानेर कुकुर मारी खाडलमा पुरेर त्यसको भिडियो सामाजिक सञ्जालमा हालेको प्रहरीको भनाइ छ।
गत जेठ ३२ गते उनीहरूले कुकुर मारेर पुरेको भिडियो फेसबुकमा हालेका थिए। ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट यो भिडियो सार्वजनिक भएको थियो।
यो घटना सामाजिक सञ्जालमा देखेपछि पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालयमा जाहेरसमेत दर्ता गरेको छ। पक्राउ परेकाहरूविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत जाहेरी परेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते