पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की उपाधि नजिक पुगेको छ ।
कास्कीले गि चरणका सम्पूर्ण तीन खेलमा जीत हात पार्दै उपाधि नजिक पुगेको हो । समुह ‘ए’को अन्तिम खेलमा बलियो मानिएको तनहुँलाई ७७ रनले जित हात पार्दै कुल ६ अंकका साथ फाइनलमा स्थान पक्का गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । खेलको म्यान अफ दि म्याच समेत रहेका कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको योगदान दिए भने त्यस्तै अभिशेक थापा नट आउट रहँदै ११ बलमा २ छक्का र एक चौकाको सहयोगमा २६ रन जोडे । त्यस्तै कास्कीका सोहेल कुंवरले २३, मुस्कान थापाले ११ र सिव्रीन श्रैष्ठले १० रनको योगदान दिए ।
बागलुङका लागि चन्द्रकान्त पौडेल, प्रदिप अर्याल, दिनेश वुढा मगर र अलिक श्रेष्ठले समान १–१ विकेट लिए ।
यता जवाफी व्याटिङमा उत्रिएको तनहुँ १८ ओभरमा सबै १० विकेट गुमाउँदै ९४ रनमात्रै जोड्न सक्यो । तनहुँका दिनेश बुढाले ४१ रनको योगादन दिंदा कप्तान समिर कंडेलले २२ र दिपेश अधिकारीले १८ रन बनाउनु बाहेक अन्य खेलाडी दोहोरो रन छुन सकेनन् । कास्कीका लागि कृष्ण पौडेलले उत्कृट बलिङ गर्दै ३ ओभरमा २ मेडनका साथ ४ रन दिएर ३ विकेट हात पारे भने विपिन खत्रीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए । त्यस्तै सुभास भण्डारीले २ विकेट र नितेश गिरीले १ विकेट लिए ।
यता आज नै ग्रुप समुहमा ‘ए’मा नै भएको प्रतिस्ठा जोगाउने खेलमा बागलुङ २९ रनले विजयी भएको छ । म्याग्दी विरुद्ध पारीको सुरुवात गरेको बाग्लुङ १८.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सक्यो । म्याग्दीका हरि सुवेदीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको म्याग्दी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमा समेटियो । बागलुङलाई जित दिलाउन संचार निउरेले ६ विकेट लिए । उनले आफ्नो चार ओभरको स्पेलमा १० रन मात्रै दिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार समुह ‘बी’को पहिलो पर्वत र नवलपुरका बीच हुनेछ भने दोस्रो खेल स्याङजा र गोरखाका बीच हुनेछ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो