दोस्रो मदरल्याण्ड एसइई कप फुटसलको उपाधि भद्रकाली माविलाई

दोस्रो मदरल्याण्ड एसइई कप फुटसलको उपाधि भद्रकाली माविलाई

mf winer

पोखरा । पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ ।

भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो ।

उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगाएतले पुरस्कार वितरण गरे ।

तीन दिन सम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसइई दिएका विद्यार्थीका ७२ टिमले भाग लिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ