पोखरा १२ वडाबासीलाई मणिपाल अस्पतालमा छुट

पोखरा १२ वडाबासीलाई मणिपाल अस्पतालमा छुट

pkr 12

पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् ।

वडा कार्यालय र हस्पिटलबीच आइतबार भएको सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा विशेष छुट दिइने भएको हो ।

पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोला र मणिपाल शिक्षण अस्पतालका सिईओ अनिल ओडूविलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा वडावासीका लागि ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, सिटीस्क्यान तथा यमआरईमा १० प्रतिशत, अपरेसनमा १० प्रतिशत, शहरी स्वास्थ्य केन्द्र पोखरा १२ मा हप्ताको एक दिन निशुल्क डाक्टरी सेवाको सुरुवात गरिने लगायत पोखरा महानगरपालिका १२ का कर्मचारीलाई समेत यो सेवा प्रदान गरिने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds