पोखरा । अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।
शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका– ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सिप सबै वर्ग र क्षेत्रका मानिसले सिक्नुपर्नेमा जोड दिए । आफूले पनि आफ्नो वडाका दिदीबहिनी, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिहरूका लागि भाषणकलासम्बन्धी तालिम आयोजना गरेको स्मरण गर्दै उनले यसले मानिसको व्यक्तित्वलाई उच्च बनाउन सहयोग गर्ने अनुभव सुनाए । अनुपम म्युजिकले २० वर्षदेखि सञ्चालन गर्दै आएको तालिमबाट उच्च पदस्थ नेताहरूसम्म लाभान्वित भएको भन्दै पराजुलीले यो अभियानको प्रशंसा गरे ।
अनुपम म्युजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपम म्युजिकबाट हालसम्म १० हजारभन्दा बढी व्यक्तिले तालिम लिइसकेको जानकारी दिए । उनले अनुपममा एक पटक पैसा तिरेर तालिम लिएपछि जति पटक पनि निःशुल्क तालिम लिन सकिने बताए ।
कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, समाजसेवी राजकुमार घिमिरे, प्रशिक्षार्थीहरू अनुपमा अधिकारी, मिलन बराल, अर्नभ तुलाचन, ओजस्वी गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय श्रेया अधिकारी र एलिसा थापाले गरेका थिए । सो अवसरमा गायिका कृषिका घिमिरेले गायन प्रस्तुत गरेकी थिइन् । तालिममा अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले प्रशिक्षण दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते