गण्डकी नारी सम्मानबाट डा. आलियामा सम्मानित

गण्डकी नारी सम्मानबाट डा. आलियामा सम्मानित

20240615_152447

पोखरा । विश्वको पहिलो महिलाहरु मात्र आवद्ध लायन्स क्लव अफ पोखरा गण्डकीले शिक्षा तथा समाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकी शिक्षाबिद डा. अलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ ।

भारतको केरलामा जन्मिएर पोखरालाई २०१७ साल देखि कर्मभूमि बनाउँदै यस क्षेत्रको शैक्षिक बिकाससंगै सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गर्दै अएकी डा. अलियामालाई नगद रु २५ हजार र सम्मान पत्र सहित ‘गण्डकी नारी सम्मान’ कार्यक्रमबाट सम्मानित गरिएको हो । यसअघि सञ्चारकर्मी निर्मला शर्मा, गायीका बाबा राणा, समाजसेवी राधा कुँवर लगायतलाई क्लवले सम्मान गरिसकेको छ ।

क्लवले ११ बर्षदेखि नियमितरुपमा शिक्षा, स्वास्थ्य, वातावरण लगायत समाज सेवाका बिभिन्न क्षेत्रमा कार्य गरेका महिलाहरु मध्येबाट प्रत्येक बर्ष यो सम्मान प्रदान गर्दै आएको क्लवका पूर्व अध्यक्ष एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका कोचिफ एडभाईजर बिमला श्रेष्ठले बताइन् ।

सम्मान कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पत्रकार एवं साहित्यकार बबिता बस्नेतले ३७ बर्ष पहिले पोखराका महिलाहरुले खोलेको विश्वकै पहिलो महिलाहरु मात्र सम्मेलित क्लवले समाजमा उत्किृष्ट कार्यगर्ने ब्याक्तित्वहरुलाई बर्षैनी सम्मन गर्दै आएकोमा प्रसंशा गरिन् ।

नले यस पटक गण्डकी लायन्सले नेपालकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने डा. अलियामालाई सम्मान गरेर आफूलाई आफुलाई उत्कृष्ट क्लवकारुपमा स्थापित गरेको बताइन् । उनले भनिने, ‘नेपालमा लायन्स क्लवहरुले समाज समाज सेवाका क्षेत्रमा धेरै महत्वपूर्ण कार्र्यहरु गरेका छन् । त्यसमध्ये तपाईले गरेको नारीसम्मान कार्यक्रम झनै उत्कृष्ट छ । समाज सेवामा लागेका महिलाहरुलाई यस्ता सम्मानले थप उर्जा र हौसला प्रदान गर्ने छ’ ।

प्रमुख अतिथि बस्नेतले नेपालमा पछिल्लो समय शिक्षा, चतनासँगै इन्टरनेट प्रविधिको तिव्र विकासले सामाजिक विखण्डन ल्याउन थालेको बताइन् । उनले भनिन्, ‘पछिल्लो समय शिक्षा र इन्टरनेट प्रविधिको विकाससँगै समाजमा साइवर अपराध बढाएको छ । ईन्टरनेट, मावाइल लगायतका प्रविधिपछि समाजमा विभिन्न खालका अपराधिका गतिविधिहरु बढेका छन्। सामाजिक संजालको माध्यमबाट पारिवारिक बिखण्डनका घटना बढ्दै गएका छन् । यस्ता घटनामा महिलाहरु बढी पीडित भएका छन् । विकासक्रम सँगै विनाशका घट्ना बढ्दै गएकाले सचेत बन्ने अवस्था आएको छ ।’ उनले पछिल्लो समय शिक्षासँगै सामाजिक विकास भएपनि पुरुषहरुले महिलाहरु प्रति गर्ने ब्यवहारमा खासै सुधार नआएको टिप्पणी गरिन्।

कार्यक्रममा विशेष अतिथि एवं शिक्षाविद जर्ज जोनले लायन्सहरुले समाज विकास र सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । उलने गण्डकी लायन्से गरेको सय सम्मानले महिलाहरुलाइ सेवाका क्षेत्रमा योगदान गर्न उत्प्ररित गर्ने बताए ।

लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका द्धितिय भाइस गभर्नर प्रजापति बास्तोलाले नारीहरुको सम्मान गरेमात्र समाज समृद्ध बन्ने बताए । उनले हरेक घरमा पुरुषले गर्ने ब्यवहारमा परिवर्तन आए महिलाले सम्मानित ठाक्ने बताए ।

डा. माया लामाले सम्मानित डा. अलियामाले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउदै उनीबाट शिक्षा लिएकाहरुले पूर्वपश्चिमदेखि मेची, महाकालीसम्म सेवाका क्षेत्रमा रहेको बताइन् ।

सम्मानित ब्याक्तित्व डा.अलियामाले विश्वकै महिलाहरुले मात्र नेतृत्व गरेको यस क्लवले गरेको सम्मानबाट गौरवान्वित भएको बताइन् । उनले पोखरा क्षेत्रमा आफूले देखेको विगतलाइ सम्झदै क्रमशः समाज रुपान्तरण भएको बताउँदै महिलालाइ घर परिवार र समाजमा कार्य गर्ने वातावरण अझै नवनेको उल्लेख गरिन् । पोखरास्थित रहेको पृथ्बीनारायण क्याम्पसको स्थापना गर्न महत्वपूर्ण योगदान गरेका शिक्षाविद जर्ज जोनकी धर्मपत्तनी समेत रहेकी उनले लामो समय यही क्याम्पसमा अध्यापन गराएकी थिइन् । झण्डै तिन दशक पियन कलेजको अध्यायनपछि जर्ज जोनसँगै लामोसमय पोखरास्थित अमससिंह स्कूलमा अध्यापन गराएकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ