सहारामा नवनियुक्त मन्त्री विन्दुकुमार थापाद्वारा ट्रयाक सुट वितरण

सहारामा नवनियुक्त मन्त्री विन्दुकुमार थापाद्वारा ट्रयाक सुट वितरण

IMG-ce98964994bf97f7427f04e735753d4a-V

पोखरा । पोखरा -९, वसपार्कमा अवस्थित श्री सहारा बाल आधारभूत विद्यालयमा आयोजना गरिएको विद्यार्थीहरुलाई ट्रयाक सुट वितरणका साथसाथै नवनियुक्त गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई स्वागत तथा वधाई ज्ञापन कार्यक्रम समप्पन्न भयो ।

माननिय मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा विद्यालयमा अध्ययनरत २७० बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गरिएको थियो, याक एति याक युकेका सञ्चालक शेरा गुरुङको आर्थिक सहयोगमा विद्यालयमा ट्रयाकसुट र टिसर्ट वितरण गर्न सफल भएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालिले जानकारी गराए ।

कार्यक्रममा माननिय मन्त्री विन्दुकुमार थापाले विद्यालयको बारेमा चिन्ता र चासो व्यक्त गर्दै भविष्यमा पोखरा बसपार्क निर्माणले मूर्त रुपलिदा विद्यालयलाई अन्यत्र स्थानन्तरण गर्ने पर्ने अवस्था आएमा सवैले साथ र सहयोग राख्नुपर्ने कुरा समेत व्यक्त गर्दै आफू निर्वाचित क्षेत्रको विद्यालयहरु सधै पहिलो प्राथमिकतामा रहेको समेत धारणा राख्दै सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।

विद्यालयका प्र.अ. लोचना अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा पृथ्वीचोक वसपार्क टोल विकास समितिका अध्यक्ष केशव बहादुर थापा, शितलादेवी सामुदायीक मा.वि पोखरा-१२,का विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर कार्की, पोखरा महानगरपालिका वडा नं -९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले नवनियुक्त मन्त्री लाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्तब्य राखेका थिए ।

सोहि अवसरमा विद्यालयका संस्थापक समाजसेवी गोपाल गुरुङलाई दोसल्ला ओडाई कदरपत्रसहित सम्मान गरिएको थियो।उक्त अवसरमा अतिथि सहारा युकेका सल्लाहकार, भोज गरुङले विद्यालयका लागी सहयोग स्वरूप रु. १०,०००-(दशहजार रुपैया) हस्तान्तरण गरेका थिए , सोहिक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली शर्माले सहारा विद्यालयमा अध्ययनरत ४५जाना विद्यार्थीहरुलाई प्रदान गर्ने विद्यालय पोशाक कार्यक्रमको पनि प्रमुख अतिथिको हातवाट वितरण गरि शुभारम्भ गरेका थिए । कार्यक्रममा ट्रायाक सुट दाता याक यति याकका सञ्चालक शेरा गुरुङका दाजु भुपाल गुरुङले बिशेष उपस्थिती जनाई ट्रयाक सुट समेत वितरण गरेका थिए ।

विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमको समामपनका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले पोखराको केन्द्र जस्तो स्थानमा रेहेर पनी विद्यालय राज्यको नजरमा पछाडी रहेको हँदा हामि सवैले अव चासो व्यक्त गर्नुपर्ने अवस्था अएको धारणा व्यक्त गर्दै, ट्याक सुट दाता शेरा गुरुङ प्रति आभार प्रकट गर्दै, प्रमुख अतिथी माननीय नवनियुक्त मन्त्री विन्दु कुमार थापा लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथसाथै सम्पूर्ण अतिथीहरुको उपस्थितीले कार्यक्रम सफल भएकोमा धन्यवाद व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds