पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले बिजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा शुक्रबारबाट सुरु भएको खेलमा बागलुङलाई ३७ रनले पराजित गरी बिजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १६२ रन बनायो । कास्कीका मुस्कान थापाले चार चौका र एक छक्का प्रहार गर्दै ३७ रनको योगदान दिए भने अर्जुन कुमालले आक्रमक पारी खेल्दै २४ बलमा सात चौकाको सहयोगले ३६ रन बनाए । त्यस्तै अभिषेक थापाले २९ बलमा एक छक्का र चार चौकाको मद्धतले ३३ रन बनाए ।
बागलुङका लागि आश्विन थापाले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिंदा संचार निउरेले पुरै चार ओभरको बलिङ स्पेलमा ३४ रन दिएर समान २ विकेट लिए । बागलुङका लागि चन्दन यादव र महेश ओझाले समान १–१ विकेट लिए ।
यता १६३ रनको बिजयी लक्ष्य पछ्याएको बागलुङ २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो । बागलुङका लागि ३७ बलमा दुई छक्का प्रहार गर्दै २६ रनको व्यक्तिगत योगदान दिए अर्जुन रायमाझीले २५, आराश तामाङले २४, चन्द्रदिप यादवले १९ रन बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
कास्कीका लागि खेलको म्यान अफ दि म्याच समेत रहेका विश्वास पराजुलीले कसिलो बलिङ गर्दै ३ ओभरमा २८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सुवास भण्डारी र विपिन खत्रीले समान २–२ विकेट लिंदा आदित्य थापाले १ विकेट हात पारे ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले परिषदले खेलकुदको विकासका लागि विभिन्न प्रतियोगिताहरुको आयोजना गरीरहेको बताउँदै नेपाली क्रिकेटले यति बेला अन्तर्राष्ट्रिय क्षेत्रमा नै उत्कृष्ट पहिचान दिएको उल्लेख गरे ।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
उद्घाटन खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने विश्वास पराजुलीलाई प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, पर्वत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ, नवलपुर जिल्ला खेलकुदका अध्यक्ष सेतमान पुनले नगद १ हजार सहित ट्रफी वितरण गरेका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा असार ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख र उपबिजेताले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत हरेक दिन २ खेल सञ्चालन हुने संघका अध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो