बारामा एक क्याम्पस प्रमुखको गोली प्रहारबाट मृत्यु, शंकास्पद २ जना पक्राउ

बारामा एक क्याम्पस प्रमुखको गोली प्रहारबाट मृत्यु, शंकास्पद २ जना पक्राउ

bara-goli

बारा। बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार साँझ ५ बजेतिर मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हत्या गरिएको प्रकरणमा दुई जना शंकास्पदलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन ।

प्रहरीका अनुसार, जग्गा कारोबार सम्बन्धी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ