गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसँग कैलाली बहुमुखी क्याम्पस, धनगढीबाट आएका प्रशासकीय कर्मचारीहरुको टोलीले भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपालका क्यूएए सर्टिफाइड क्याम्पसहरुको अवलोकन भ्रमण गर्ने सिलसिलामा पोखरा आएको टोलीले यहाँ पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पसका साथै लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, बालकुमारी क्याम्पस चितवनको भ्रमण गरेको सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले जानकारी गराए ।

टोलीमा सहायक क्याम्पस प्रमुख बिष्टसँगै प्रशासन प्रमुख डिलबहादुर धामी, लेखा अधिकृत बालकृष्ण जोशी, पुस्तकालय अधिकृत टोपराज ढुंगाना, नासु सुरत बोगटी, प्रशासन सहायक तेजेन्द्रबहादुर शाहु, लेखा सहायक तीर्थ रावल र परीक्षा सहायक पुष्पराज उपाध्याय सहभागी थिए ।

प्रदेश प्रमुख भट्टले शिक्षक बनेर पनि एक कालखण्डमा योगदान दिएको स्मरण गर्दै सुदूर पश्चिमको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको उनीहरुले बताए । आज सुदूरका अभिभावकलाई गण्डकीको प्रमुखका रुपमा पाउँदा सारा सुदूरबासी हर्षले गद्गद् बनेको उनीहरुको भनाई थियो ।
प्रदेश प्रमुख भट्टले टोलीको भ्रमण फलदायी बनोस् भन्दै शुभकामना व्यक्त गरे ।


सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते