अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को तयारी पुरा

अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को तयारी पुरा

448339570_889395573202412_7172457147643936865_n

हेमजा । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा न. २५ हेमजा अवस्थित हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा असार १ गते देखि ७ गते सम्म हुने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।

खेलकुदको माध्यमबाट एकता भाईचारा बढाउदै खेलकुदमा अभिरुची जगाई नयाँ खेलाडी उत्पादनमा जोड दिने साथै गौरीशंकर खेल मैदान (गैरी) लाई स्तरोन्नती तथा संरक्षण गर्ने उदेश्यका आयोजन गरिएको प्रतियोगिताको विहिवार खेल तालिका सार्वजनिक गरिएको क्लब अध्यक्ष राजेश त्रिपाठीले जानकारी दिए ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितको पहिलो खेल शनिबार आयोजक सेतो र वडा १ विच हने छ। उक्त खेलको शुभारम्भ महानगरपालिका नगर प्रमुख धनराज आचार्यको प्रमुख अथित्यतामा हुने प्रतियोगिता संयोजक इन्द्र कुँवरले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख ११ हजार १११  र द्धितिय पुरस्कार रु. ५५ हजार ५५५  साथमा ट्रफी, मेडल र प्रमणपत्र साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु. ५ हजार ,सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिलड, फरवार्ड लाई प्रत्यक विधामा नगद रु. २ हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । खेल पोखरा–२५, हेमजा गौरीशंकर खेल मैदान–गैरीमा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ