कास्कीमा ६३ कुकुरको नि:शुल्क बन्ध्याकरण

कास्कीमा ६३ कुकुरको नि:शुल्क बन्ध्याकरण

pho

पोखरा । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।

घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए।

सोही अवसरमा कुकुरलाई रेविजबिरुद्धको खोप पनि लगाइएको थियो । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमश शिविर संचालन गरिरहेको पौडेलले बताए।

बन्ध्याकरण गरिएको मध्ये १७ वटा भाले र ४६ पोथी कुकुर रहेको उनले बताए।

शिविरमा स्याङ्जा, तनहुँ र कास्कीका कुकुर समेत रहेका थिए ।

२०३० सम्ममा रेबिज रोग नियन्त्रण गर्ने सरकारको नीति अनुरुप छाडा तथा घरपालुवा कुकुरमा सो अभियान सुरु गरिएको सो कार्यालयका प्रमुख बरिष्ठ पशु बिकास अधिकृत शम्भुराज पाण्डेले बताए।

उहाँले असारको अन्त्यमा अर्को शिविर समेत संचालन गरिने जानकारी दिए।

सहरी क्षेत्रमा कुकुर पाल्ने चलन बढ्दै जानु र पछि गएर छाडा छोड्ने प्रवृत्तिले गर्दा कुकरको संख्या बृद्धि हुदै जाने गरेको छ। त्यस्ता कुकुरले सर्वसाधारणलाई टोक्दै जादा रेबिजको जोखिम बढेको हुँदा कुुकुरको बन्ध्याकरणलाई तिव्र पारिएको पशु चिकित्सक डा. किरण पाण्डेले बताए।
बन्ध्याकरणबाट पोथी कुकुरमा आउने पाठेघरको समस्याको न्युनिकरण भएर जाने डा. पाण्डले बताए।

गण्डकी प्रदेश सरकारको सहयोगमा संचालन भएको शिविरबाट प्रत्यक्ष लाभ पाएको भन्दै कुकुर पालक पोखरा–१४ का बिशाल गुरुङले खुसी व्यक्त गरे।

डा. पाण्डेको नेतृत्वमा रहेको सो टोलीमा डा. अनन्त कोइराला, डा. आशिष गौतम, डा. आशेष बि।क, डा. पवन पाण्डे, डा. प्रियङ्का कोइराला लगायतका विभिन्न पशु विज्ञहरुको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ