मनाङमा लेक लागेर धादिङका एक युवकको मृत्यु

मनाङमा लेक लागेर धादिङका एक युवकको मृत्यु

mrita fela

मनाङ । मनाङमा लेक लागेर धादिङका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभावका कारण) अधिकारीको मृत्य भएको हो ।

एक नेपाली पर्यटकको रुपमा अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीलाई लेक लागेको थियो।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds