एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन : अनुष्कालाई २ स्वर्ण

एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन : अनुष्कालाई २ स्वर्ण

pho

पोखरा । पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ ।

एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् ।

गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान हासिल ग¥यो । लुम्बिनीले २ रजत र ६ कास्य हासल ग¥यो ।

समान ३ स्वर्ण हासिल गरेको कर्णाली कुल पदकको हिसाबमा पछि पर्दै तेस्रो स्थान हासिल ग¥यो । कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक हासिल गरेको हो । मधेश प्रदेश र कोशी प्रदेश र सुदुरपश्चिम प्रदेशले भने सम्रगमा चौथो स्थान हासिल ग¥यो । तीनै प्रदेशले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल ग¥यो । बागमती प्रदेश भने १ स्वर्ण १ रजत र २ कास्यसहित अन्तिममा रह्यो ।

बिहिबार भएको २ सय मिटर छात्र दौडमा गण्डकीका सुशान्त बोटेले २४.३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरे । लुम्बिनीका अभय रानाले २४.८० सेकेन्ड तथा तथा बागमतीका अजित ठाकुरले २५.१६ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे ।

छात्रातर्फ पनि गण्डकीकी अनुष्का अधिकारीले २७.६२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा सुदुरपश्चिमकी रितु जोशीले २८.५४ सेकेन्ड र लुम्बिनीकी जमुना लोधले २९.४७ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे ।

८ सय मिटर छात्र तर्फ बागमतीका सुनिल विकले २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । कर्णालीका अनिल शाहीले २ मिनेट ११ सेकेन्डमा दुरी पुरा गर्दै रजत तथा लुम्बिनीका विशाल थारुले २ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे । छात्रातर्फ २ मिनेट ३६ सेकेन्डमा दुरी पुरा गर्दै कर्णालीकी पुर्णिमा बुढाले स्वर्ण जितिन् । गण्डकीकी कञ्चन भण्डारीले २ मिनेट ४७ सेकेन्ड र मधेशकी आशा शाहले २ मिनेट ५० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य जितिन् ।

सटपुट छात्रतर्फ कोशीका छिरिङ शेर्पाले १०.५७ मिटर थ्रो गर्दै स्वर्ण जिते । गण्डकीका गणेश श्रेष्ठले ९.४० मिटर तथा लुम्बिनीका पारश बहादुर शाहीले ९.३६ मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे ।

छात्रातर्फ लुम्बिनीकी सम्झना थारुले ८.३७ मिटर थ्रो गर्दै स्वर्ण जितिन् । कर्णालीकी उर्मिला राजीले ७.७३ मिटर र गण्डकीकी युना सारु मगरले ७.६० मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे ।

छात्रा तर्फ गण्डकीले स्वर्ण पदक हासिल ग¥यो । गण्डकीको सुजता कुमाल, आरती विक, एन्जल विक र अनुष्का अधिकारी टोलीले कुल ५६.५९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरेको हो ।

कोशी प्रदेशका सुस्मा निरौला, सिर्जना विश्वकर्मा, विनिशा रिजाल र निकिता एक्तेन लिम्बुको जोडीले ५७.११ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल ग¥यो । कर्णालीका रिना राना, उर्मिला राजी, हिरा बुढा र सरिता शाही ५७.८८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरे ।

छात्रतर्फ लुम्बिनीका सुभम बमरेल, अभय राना, सुशान्त थारु र श्लोक हरिजनको टोलीले ४६.३२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक दिलाए ।

गण्डकीका इस्पीन पौडेल, अभिषेक धनेत, अंकित रानाभाट र सुशान बोटेको टोलीले ४७.२३ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक दिलाए । सुदुरपश्चिमका चित्र बहादुर केसी, बरुण दत्त राना, अभिषेक लुहार र खगेन्द्र रावतको टोलीले ४७.५५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक दिलाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds