स्याङ्जामा रूखबाट लडेर एक महिलाको मृत्यु

स्याङ्जामा रूखबाट लडेर एक महिलाको मृत्यु

death body

स्याङ्जा । स्याङ्जामा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बुधबार बिहान अन्दाजी ७ बजे चापाकोट नगरपालिका–७ साँखर बस्ने ३५ वर्षीय सृजना ढकाल रूखबाट लडेकी थिइन्।

आफ्नै बारीमा रहेको पिपलको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घाइते ढकाललाई उपचारको लागि रामपुर अस्पताल पाल्पा लगिएको थियो।

उपचारको क्रममा चिकित्सकले बिहान साढे ९ बजे उनलाई मृत घोषणा गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ