अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर तीनवटा आरोपमा दोषी ठहर

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर तीनवटा आरोपमा दोषी ठहर

huntre

पोखरा । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई डेलावेयरमा चलिरहेको मुद्दामा तीनवटै आरोपमा दोषी ठहर गरिएको छ।

१२ सदस्यीय वकिलको समूहले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको निष्कर्ष निकालेका छन्।

जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा उनलाई २५ वर्षसम्मको जेल सजाय हुनसक्छ। तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन।

एक हप्तासम्म प्रत्यक्षदर्शीहरूको बयान सुनेपछि वकिलको समूहले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषध दुर्व्यसनको बारेमा पनि छलफल गरेको थियो।

हन्टर बाइडेनले आफ्नो अपराध भने स्वीकार गरेका छैनन्। उनीविरुद्ध झुटो बयान दिएकोमा दुई आरोप र अवैध रूपमा बन्दुक राखेकोमा एक आरोप थियो।

हन्टरका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला उनलाई उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो।
मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी र हन्टर बाइडेनकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित थिइन्।

पत्रकारहरूलाई अदालतमा मोबाइल फोन लैजान दिइएको थिएन। फैसला सुनाउने बित्तिकै पत्रकारहरू यो खबर लिएर अदालतबाहिर दौडिएका थिए।

अमेरिकामा बन्दुक किन्ने क्रममा झुटो बयान दिएमा दश वर्षसम्म जेल सजाय हुन सक्छ।

त्यसैगरी, लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्मको सजाय हुने व्यवस्था छ।

बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ।

हन्टर बाइडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए। उनले कोकेनको लतको बारेमा पनि खुलेर बोलेका छन्।

अमेरिकामा बन्दुक किन्ने क्रममा लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ ।

हन्टरले बन्दुक किन्दा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds