किरणको सयौं खेलमा यमनसँग नेपालको बराबरी

एसियाली विश्वकप छनोट दोस्रो चरण:

किरणको सयौं खेलमा यमनसँग नेपालको बराबरी

पाँच खेलमा एक अंक

thumb

नेपालले एसियाली विश्वकप छनोट दोस्रो चरणको अन्तिम खेलमा हारको क्रम र गोल खडेरी दुवै तोड्दै बुधबार यमनलाई २–२ को बराबरीमा रोकेको छ ।

यो कप्तान तथा गोलरक्षक किरण लिम्बूको नेपालका लागि सयौं खेल रह्यो । उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् ।

नेपालका लागि सञ्जीव विष्ट र जिलेप्सीजँग कार्कीले एक-एक गोल गरे । दुवैले नेपालका लागि गरेको यो पहिलो गोल हो ।

साउदी अरेबियाको दमामस्थिति प्रिन्स मोहम्मद बिन फयाद स्टेडियममा भएको खेलमा यमनले दोस्रो हाफको इन्ज्युरी समयमा गोल फर्काएपछि नेपाल जितबाट वञ्चित रह्यो ।

यसअघिका पाँच खेलमा नेपालले कुनै गोल गर्न सकेको थिएन । यस्तै लगातार पाँच खेलमा हारको क्रम पनि टुंगेको छ । नेपाल एक अंक बटुल्न पनि सफल रह्यो ।

नेपालको यसअघि नै विश्वकप छनोटको सम्भावना समाप्त भइसकेको छ । अब नेपालले एसियाकप छनोटको तेस्रो चरण खेल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ