यस्तै भए २० पटक मन्त्री बन्छु: मनाङे

यस्तै भए २० पटक मन्त्री बन्छु: मनाङे

deepak-manange

पोखरा । गण्डकी प्रदेशमा छैटौंपटक मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) ले यस्तै अवस्था भए २० पटकसम्म मन्त्री बन्ने बताएका छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीका रूपमा तेस्रो पटक सपथ लिएका मनाङेले केन्द्रको निर्णयअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् । यसअघि उनी ३ पटक खेलकुद मन्त्री बनिसकेका छन् ।

‘यो समस्या यहाँको होइन, केन्द्रको हो । यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ,’ उनले भने ।

मनाङेले मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि कांग्रेस नेतृत्वको सरकारलाई रोजेको सुनाए ।

‘लामो राजनीति गर्नु भन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो । राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ,’ उनले भने ।

मनाङेले थपे, ‘एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि ! हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र ?’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds