पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभामा प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुँदैछ ।
सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले पहिलो चरणमा दिपक मनाङेलाई मन्त्री बनाउने भएका हुन् । मुख्यमन्त्री पाण्डेले आफूलाई साथ दिएर मत दिने सबैलाई मन्त्री पद दिन लागेका हुन् ।
यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दिपक मनाङेले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसभन्दा अघि मनाङेलाई भौतिक तथा पूर्वाधार मन्त्री बनाउने पाण्डे नै थिए ।
हरेक सरकारलाई बहुमत पुर्याउन निर्णायक रहँदा मनाङे ५ पटक मन्त्री भइसकेका छन् । अब छैटौं पटक मन्त्री बनेर आफ्नै रेकर्ड तोड्दैछन् ।
पाण्डेलाई विश्वासको मत दिन नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका सांसद हुन् । उनलाई पनि सरकारमा ल्याउने पाण्डेले तयारी गरेका छन् । तर, माओवादीबाट हुने कारबाही र त्यसपछि कानुनी झमेलामा पर्ने कारण फणिन्द्रलाई अफ्ठेरो पारिरहेको छ। उनी पनि मन्त्री बन्ने पक्का छ ।
त्यसैगरी, यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर राप्रपाले भने तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ । पञ्चराम एमालेप्रति लचिलो नेता भएपनि केन्द्रीय निर्णयका कारण काँग्रेस पक्षमा पुगेका छन् ।
मन्त्री पदका लागि मत दिएको भन्ने आरोपबाट बच्न दुवै जना तात्तातै मन्त्री बन्न नखोजेका हुन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने