गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

surendra-raj-pandey

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेश सभा बैठकमा पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत खसेको थियो। बैठकमा ५९ सांसद उपस्थित थिए ।

उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

सर्वोच्च अदालतको परमादेशअनुसार यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिएका हुन्।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुखबाहेक),राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ