विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

Surendra_Pandey_Gorkha_2_21669167246

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन्।

अहिले दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेश सभा सदस्यको साथ चाहिन्छ।

६० सदस्ययीय प्रदेश सभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुख बाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

मुख्यमन्त्री पाण्डेले विपक्षी एमाले र माओवादी सहित सबै दल र स्वतन्त्र सांसदसँग विश्वासको मत मागेका छन् । विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, माओवादी नेता हरिबहादुर चुमान, राप्रपा नेता पन्चराम गुरुङ, नेसपाका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई पत्र पठाएर विश्वासको मत मागेका हुन् ।

पाण्डेले विश्वासको मत नपाए गण्डकीमा उपधारा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार बन्छ । सत्तापक्ष र प्रतिपक्ष दुवै उपधारा (५) मा जाने दाउमा छन् । पाण्डेले उपधारा (३) को सरकार ढले पनि (५) मा आफैँले बहुमत देखाएर मुख्यमन्त्री दाबी गर्ने योजना बनाएका छन् ।

दलका सांसदहरूलाई यो उपधारा अनुसार दलको ह्वीप लाग्दैन । त्यसैले आफ्नो पक्षमा बहुमत पुग्ने सत्तापक्षको दाबी छ । विपक्षीहरू पनि उपधारा (५) मै आफूले मुख्यमन्त्री दाबी गर्ने र प्रदेश प्रमुख अनुकूल भएका कारण मुख्यमन्त्री नियुक्त हुने योजनामा छन् । दुवै पक्ष उपधारा (५) अनुसार विश्वासको मत नपाए पनि कम्तीमा चुनावी सरकारको नेतृत्व गर्ने दाउमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ