स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछी स्याङ्जालाई प्रदेशकै दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिले स्याङ्जालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको घोषणा गरेका हुन् ।
चापाकोट नगरपालिकाले सुरु गरेको पुर्ण खोप सुनिश्चितता घोषणा पश्चात् फेदिखोला गाउँपालिकाले अन्त्यमा घोषणा गरेसङ्गै पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणाका लागि बाटो खुल्ला भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ११ वटा स्थानीय तह रहेको स्याङ्जाका जन्मेदेखी १५ महिनासम्मका ३ हजार ४ सय ५७ जना र १६ महिनादेखि ५९ महिनासम्मका १० हजार ६ सय ३१ जना सबै बालबालिकाले पूर्ण खोप लगाएसङ्गै म्याग्दी पछि प्रदेशकै दोस्रो जिल्लाको रुपमा खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
सोमबार जिल्ला समन्वय समितिको सभाहलमा `स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता´ भन्ने मूल नारासहित जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र स्याङ्जाले प्राप्त गरेसङ्गै जिल्लामा कुनै पनि अवस्था र परिस्थितिमा कुनैपनी बालबालिकालाई कुनैपनि खोप लिनबाट बन्चित नरहेको मान्न सकिने जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटिले बताए ।
स्याङ्जास्थित पुतलीबजार नगरपालिकाका १८२२ जना, वालिङ् नगरपालिकाका २१५४ जना, चापाकोट नगरपालिकाका १०९१ जना, भीरकोट नगरपालिकाका ९३० जना, गल्याङ नगरपालिकाका १२२३ जना, फेदिखोला गाउँपालिकाका ४२५ जना, आँधीखोला गाउँपालिकाका ५७५ जना, अर्जुनचौपारी गाउँपालिकाका ६०९ जना, हरिनास गाउँपालिकाका ४९६ जना, बिरुवा गाउँपालिकाका ५०० जना र कालीगण्डकी गाउँपालिकाका ८०६ जना बालबालिकाले पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।
स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बालबालिकाले विसीजी, रोटा, पीसीभी, डिपिटि, हेप-बी, एफआईपीभी, पोलियो, दादुरा, रुवेला, जापनीज, जेई लगायत १३ प्रकारका खोपको पूर्ण मात्रा पाएको बताए । त्यस्तै, खोप कार्ड नभएर खोप लाउन छुटेका १६ जना बालबालिकालाई समेत लगाइने प्रमुख चापागाईंले जानकारी दिए ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा पुर्व जिल्लाका सबै स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रतिनिधिहरु, स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरु, जिल्लाका प्रशासनिक क्षेत्रका व्यक्तिहरु सहितको र्यालीले बजार परिक्रमा गरि जिल्ला समन्वयको सभाहलमा पुगेर मूल कार्यक्रम भएको थियो ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषणा गर्न अतुलनीय भूमिका निर्वाह गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान पत्रले, स्वास्थ्य संस्थाहरुलाई प्रशंसा पत्रले र स्थानीय तह पालिकाहरुलाई गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मा लगायतद्वारा कदरपत्रले सम्मान गरिएको थियो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटिको अध्यक्षता सम्पन्न स्याङ्जा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले स्वागत मन्तव्य, जिसस स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदी, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मा, गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई, कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम बहादुर थापा, स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी, स्वास्थ्य कार्यकर्ता बबिता गौतम अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए भने संचालन स्वास्थ्यकर्मी मित्र प्रसाद अर्यालले गरेका थिए ।
सम्बन्धित खबर
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना
ऐतिहासिक काल्खु मेला: भलिबलको उपाधि कालीकोटलाई
पत्रकारविरुद्ध प्रशासनले दर्ता गरेको उजुरीप्रति महासंघको सीडीओलाई ध्यानाकर्षणपत्र, प्रशासनले उजुरीलाई काउन्सिल पठायो
स्याङ्जाबाट मोटरसाइकल चोरी गर्ने कास्कीका दुईजना पक्राउ
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते