पोखरा मोहरियाटोलका गुभाजु नौ वर्षपछि पक्राउ

पोखरा मोहरियाटोलका गुभाजु नौ वर्षपछि पक्राउ

Guvaju

पोखरा महानगरपालिका वडा नं. २ मोहरियाटोलका कमलमान गुभाजु नौ वर्षपछि पक्राउ परेका छन् ।

ठगीसम्बन्धी कसूरमा उच्च अदालतबाट नौ महिना कैद र १५ लाख रुपैयाँ जरिवाना सुनाइएका अभियुक्त हुन् गुभाजु । उनलाई ठगीसम्बन्धी मुद्धामा उच्च अदालत पोखराले २०७२ भदौ १० गते नौ महिना कैद सजाय र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई आज अदालत पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुभाजुले सात महिना २९ दिन कैद सजाय र १४ लाख १५ हजार रुपैयाँ भुक्तान गर्न बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ