दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातर्फको लट्ठा चुँडिदा फसेका खच्चडमध्ये दुईटाको मृत्यु भएको छ ।
पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको भने पाँच घन्टापछि उद्धार गरिएको छ। जीर्ण भइसकेको झोलुंगे पुलको लठ्ठा चुँडिदा जालीमा खुट्टा अड्किएर खच्चड फसेका थिए।
८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो।
नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा लगिएको थियो।
पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकिएन। एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मरेको बताइन्छ।
पुलमा फसेका खच्चडको उद्धार गर्न अछाम र दैलेखबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। खच्चडहरू आइतबार बिहान करिब ९ बजे पुलमा अड्किएका थिए।
पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको थियो ।
नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीय बताउँछन् ।

तस्वीरः डिलबहादुर थापा
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो