पोखराको फुस्रेखोलामा डुबेर कुश्माका युवकको मृत्यु

पोखराको फुस्रेखोलामा डुबेर कुश्माका युवकको मृत्यु

fusrekhola

पोखराको फुस्रेखोलामा डुबेर फेरि ज्यान गएको छ ।

पोखरा महानगरपालिका-१७, छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा पर्वतका २८ वर्षीय युवकको ज्यान गएको हो ।

पर्वत जिल्ला कुश्मा १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने  बर्ष २८ को बिश्वास सुवेदी खोलामा शनिबार पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता थिए ।

खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हे।क्वा। कास्की पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भई फुस्रे खोलाको २५ फिट गहिराई शव अड्किएर बसेको अवस्थामा बेलुकी पौने ७ बजे मात्र शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ