पोखरा । पोखरा रंगशालामा आजबाट गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिता” सुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा प्रतियोगीता सुरु भएको हो।
प्रतियोगीताको उद्घाटन खेल गोरखा र तनहुँ बीच भएको छ। गोरखा र तनहुँ बीच भएको खेलमा गोरखा ३-० गोलले तनहुँ सँग पराजित भएको छ। तनहुँका लागि तीन वटै गोल खेलको पहिलो हाफमा भएको हो।
तनहुँका लागि पहिलो गोल शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा, दोस्रो गोल २३ औं मिनेटमा राम थापाले र पहिलो हाफकै ३१ औं मिनेटमा तेस्रो गोल जिवेश आले मगरले गरे।
यसअघि प्रतियोगीताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको प्रमुख आथित्यतामा मुख्य प्रशिक्षक सन्तोष गुरुङले फुटबल हस्तान्तरण गरेर भएको थियो।
प्रतियोगीताको उद्घाटन सत्रमा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले प्रदेश खेलकुद परिषदले खेलकुद प्रतियोगीता आयोजनाको जिम्मा संघलाई नै दिनुपर्ने बताए। उनले खेलकुद संघहरुलाई जिम्मा दिएर त्यसको नेतृत्व प्रदेशले गर्दा सहज हुने बताए।
यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ। नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन्।
कास्कीको फुटबल टोली घोषणा
यसैबिच कास्की जिल्ला फुटबल संघ कास्कीले गण्डकी प्रदेश प्रतियोगिताका लागि टोली घोषणा गरेको छ। आज १६ सदस्यीय टोली घोषणा गरेको हो।
एन्फा कास्कीका महासचिव बुद्धि बहादुर खत्री क्षेत्रीका अनुसार कास्कीको टोलीमा आयुष्मान गुरुङ, आकाश रानाभात, विवेक श्रेष्ठ, योगश गुरुङ, सरोज गुरुङ, रन्दिप पौडेल, राजकुमार कुँवर, विसन गुरुङ अनिश तामाङ, विपुल गौतम, जीवन गुरुङ, अभिषेक थापा, विनय तामाङ, किशोर गुरुङ, निश्चल जिसी र मनोज गुरुङ रहेका छन्। उक्त टोलीको मुख्य प्रशिक्षकमा सन्तोष जिसी र व्यवस्थापकमा ओम गुरुङ छन्।
आजबाट सुरु भएको गण्डकी प्रदेश फुटबल प्रतियोगितामा कास्कीले भने भोलि शनिबार बिहान १० बजे नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला