ठकुरी महिला परिवारलाई उद्घोषण तथा नेतृत्व विकास तालिम

ठकुरी महिला परिवारलाई उद्घोषण तथा नेतृत्व विकास तालिम

436640001_1103462217553134_646375691722356014_n

पोखरा । ठकुरी महिला परिवारका सदस्यहरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन स्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिलाहरूको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको क्षमता अभिवृद्धिको लागि जीवन उपयोगी तालिम सञ्चालन गरेको बताउँदै तालिमले बोल्ने कला, कार्यक्रम संचालन देखि नेतृत्व विकासमा सहयोग पुग्ने बताए ।

तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेयले तालिमले आत्मविश्वास सँगै क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने बताए । पाण्डेयले हरेक ठाउँमा बोल्ने कला, नेतृत्व विकास, उद्घोषण कला आवश्यक हुने भएकोले सबै क्षेत्रमा आवद्धहरुको लागि पनि तालिम आवश्यक भएको बताए ।

ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालले एक दिनको तालिममा पनि आफूहरूले धेरै कुरा सिक्न पाएको भन्दै सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे । ठकुरी संगम परिवारका अध्यक्ष शेर बहादुर उच्चै लगायतले बोल्नु भएको कार्यक्रममा सहभागी सम्झना हमालले सहभागी मन्तव्यसहित तालिमको प्रतिवेदन प्रस्तुत गरेका थिए । ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी हमाल खाँण ठकुरीले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ