कास्की प्रशासनमा राष्ट्रिय परिचय पत्र सेवा समय परिमार्जन

कास्की प्रशासनमा राष्ट्रिय परिचय पत्र सेवा समय परिमार्जन

नयाँ सिडिओको सक्रियता

cdo-office-kaski

पोखरा । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सेवाग्राहीको भीड लाग्न थालेपछि कास्की प्रशासनले बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरु र असक्त सेवाग्राहीहरुको समेत चाप रहेकाले सेवाको समय परिमार्जनको निर्णय प्रशासनले गरेको बिहीबार जनाएको छ ।

‘सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरुको लागि हरेक दिन (शनिवार बाहेक) बिहान ०८ः०० बजे देखि नै र अन्य सेवाग्राहीहरुका लागि विहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ प्रशासनको सूचनामा भनिएको छ, ‘यसपूर्व राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचिसकेका तर राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेका सेवाग्राहीहरुले यसपूर्व फोटो खिचाएको निस्सा र सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपिसहित कार्यालयको कोठा नम्बर २०३ मा प्रशासकीय अधिकृत भीष्मराज अर्याल (मोबाइल नम्बर ९८४१६८११८६) सँग सम्पर्क गरी राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्नुहुन अनुरोध छ ।’

राष्ट्रिय परिचयपत्र सम्बन्धी कुनै दुविधा भई केही बुझ्नुपर्ने भएमा वा गुनासो भएमा कार्यालयको कोठा नम्बर २०५ मा प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल (मोबाइल नम्बर ९८५६०३४५१२) सँग सम्पर्क गर्न पनि कास्की प्रशासनले बिहीबार निकालेको सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ