एमाले मादी गाउँ कमिटी अध्यक्षमा सुभाष सापकोटा सर्वसम्मत

एमाले मादी गाउँ कमिटी अध्यक्षमा सुभाष सापकोटा सर्वसम्मत

madi adkhasya

पोखरा । नेकपा एमालेको मादी गाउँपालिका, कास्की गाउँ कमिटीको अध्यक्षमा सुभाष सापकोटा सर्वसम्मत भएका छन् । मंगलबार सम्पन्न दोस्रो अधिवेशनले हालका सचिव सापकोटाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा डिलबहादुर क्षेत्री, सचिवमा चित्रबहादुर गुरूङ, उपसचिवमा रामराज अधिकारी र पूर्णसुब्बा गुरूङ सर्वसम्मत चयन भए । लेखा कमिटी अध्यक्षमा शिव बराल सर्वसम्मत भए । ५५ सदस्यीय कमिटीमा दलित, अल्पसंख्यक गरेर बाँकी ४ जना पूर्ण बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रमा स्थायी कमिटी सदस्य एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरूङ, एमाले केन्द्रीय सदस्य मीनाकुमारी गुरूङ, गाउँ कमिटी इन्चार्ज एवं प्रदेश कमिटी सदस्य दीपक तामाङ, कास्की जिल्ला सचिव दर्शन लामालगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ