विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा स्याङ्जाका एक जनासहित ३ जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा स्याङ्जाका एक जनासहित ३ जना पक्राउ

arrest-pakrau

स्याङ्जा । विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा स्याङ्जाका एक जनासहित ३ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भएका ४५ वर्षीय राजु ढकाल, रुकुम पश्चिम घर भएका ३९ वर्षीय रुपेश राज गिरी र धनुषा घर भएका २२ वर्षीय युवराज ठाकुर छन् ।

आकर्षक तलब आउने काम मिलाइदिने गरी विदेश पठाउँछौँ भनेर रकम लिएपछि आरोपीहरू फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँको सुकेधारा बस्ने गिरीले रोमनिया पठाउँछु भनेर देव सिंह महता सहितका पीडितहरूबाट ८ लाख नगद लिएका हुन् । राजु ढकालले दुबई पठाउँछु भनेर २ लाख ५० हजार र युवराज ठाकुरले पोल्याण्ड पठाउँछु भनेर ८ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds