पियूका विद्यार्थीद्वारा खुइले डाँडा सफाइ

पियूका विद्यार्थीद्वारा खुइले डाँडा सफाइ

Pu-sarsafai

लेखनाथ । पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघको आयोजनामा खुइलेडाँडा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

पोखरा २९ को खुइले डाँडा राखिएको सरसफाइ अभियानको शुभारम्भ गर्दै पोखरा २९ का वडा सदस्य कालीदास पोख्रेलले खुइले डाँडाको नामकरण आधिकारिक रुपमा गर्न बाँकी रहेको बताए ।

उनले उक्त ठाँउलाई व्यवस्थित गर्न वडाले जोड दिएको बताउँदै पोखरा विश्वविद्यालयका जनस्वास्थ्यका विद्यार्थीसँग सहकार्य गर्न वडा तयार रहेको उल्लेख गरे ।

संघका अध्यक्ष शरद् जिसीले आफूले गरेको फोहोर आफैंले उचित व्यवस्थापन गरी शिक्षित व्यतिmको परिचय दिनुपर्ने बताए । आफ्नो घर वरपरको वातावरण सधैं सफा राख्नुपर्ने र सार्वजनिक स्थलको सरसफाइलाई निरन्तरता दिँदै उचित ठाँउमा विसर्जन गर्नुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ