हुरीले ढालेको रुखले लागेर एक जनाको मृत्यु

हुरीले ढालेको रुखले लागेर एक जनाको मृत्यु

mrita fela

नवलपुर । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् ।

आज बिहान ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला हुरीले रुख ढाल्दा टाउकोमा बज्रदा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।

वनमा गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds