पोखरा । पोखरामा मोवाईल चोरी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका– १ दाना स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका– ८ जाल्पारोड बस्ने वर्ष २० को रुपेश रम्जाली रहेका छन् ।
प्रहरीका अनुसार रम्जालीले २०८० पुस १६ गते अंग्रेजी नयाँ वर्षको दिन पोखरा ६ लेकसाईडमा एक जना महिलाले भिरेको झोलाबाट आईफोनमोवाईल चोरी गरी निजले सिमकार्ड राखि प्रयोग गरी चलाउँदै आइरहेको र २०८० चैत्र २० गते पोखरा– ८ सभागृहमा सहकारी दिवसको दिनमा भएको कार्यक्रममा टेवुलमाथि राखेको सामसुङ मोवाईल चोरी गरी लगेको र उक्त मोवाईलमा रहेको ईसेवा आईडी समेत ह्याक गरी नगद १८ हजार १२५ रुपैयाँ ट्रान्सफर गरेका थिए ।
रम्जालीलाई चोरीको जाहेरीको आधारमा अनुसन्धान तथा खोजतलास गर्दै जादा यही जेठ २० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रम्जालीले हालसम्म विभिन्न कम्पनीका १५/१६ वटा मोवाईल चोरी गरी फेसबुकमा बिक्रिको लागि राख्ने र बिक्री पश्चात उक्त फेसबुक आईडी डिलिट गर्ने गरेकोसमेत प्रहरीको प्रारम्भिक सोधपुछको क्रममा खुलाएको जनाएको छ ।
पक्राउ परेका उनीमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते