पोखरा । नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन् । उनले २ सय ७७ मत ल्याउँदा दीपक पाैडेलले २ सय १० मत पाएका छन् ।
जीवन प्यानलबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा सबै विजयी भए ।

दीपक प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुलामा लालबहादुर राना र उपसचिव महिलामा किरण गौतम प्रतिष्पर्धामा थिए ।
निर्वाचनमा दुई समूह दुई वटा प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । एउटा समूहको नेतृत्व दीपक पौडेलले गरे भने अर्को समूहको नेतृत्व जीवन आचार्यले गरेका हुन् ।
पाैडेल पृथ्वीसुब्बा–जगत विश्वकर्मा र आचार्य खगराजबाट समर्थन प्राप्त उम्मेदवार हुन् ।
स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट समूहले कास्की जिल्ला क्लीन स्वीप गर्दा पोखरा महानगर पनि जित्न सफल भएको छ । यसअघिको अधिवेशनमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित समूहले महानगर, जिल्ला र प्रदेश सबैमा जितेको थियो । तर, प्रभाव कम हुँदै गएको निर्वाचन परिणामले देखाएको छ।
४ सय ९८ मतदाता रहेकामा ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भएका थिए ।
बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो ।
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो