जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकको दु:खमा साथ दिएको छ । हिंड्डुल गर्न नसक्ने अवस्थामा रहेका बिरामीलाई अस्पतालको बेडमै पुगेर नागरिकता दिइएको हो ।
गत जेठ ८ गते स्याङ्जा बिरुवा गाउँपालिका -५ का विमल शर्मा घाँस झार्ने क्रममा रुखबाट खसेर घाइते भएका थिए । उनको मेरुदण्ड भाँचिएर पोखरास्थित मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप प्रा.लि. मा उपचाररत छन् । उनलाई नागरिकता अभावका कारण उपचारका क्रममा पाउने सेवा सुविधा लिन असहज अवस्था रहेको थियो ।
चिकित्सकहरुले मेरुदण्ड भाँचिएकाले शर्मा हिंड्डुल गर्न नमिल्ने राय दिएपछि विशेष परिस्थितिका कारण भौतिक रुपमा उपस्थित गराउन नसकिने भएकाले स्याङ्जा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत संयोग भट्टराई र नायब सुब्बा राम प्रसाद पौडेलले निजलाई अस्पतालको बेडमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
नागरिकको दु:खमा साथ दिने प्रयास मात्र गरेको भन्दै प्रशासकीय अधिकृत संयोग भट्टराईले तत्काल नागरिकता चाहिएको विशेष परिस्थितिका कारण घाइते शर्मालाई अस्पतालको बेडमै नागरिकता प्रदान गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई धन्यवाद व्यक्त गर्दै घाइते शर्माले अस्पतालमै नागरिकता पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
सम्बन्धित खबर
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना
ऐतिहासिक काल्खु मेला: भलिबलको उपाधि कालीकोटलाई
पत्रकारविरुद्ध प्रशासनले दर्ता गरेको उजुरीप्रति महासंघको सीडीओलाई ध्यानाकर्षणपत्र, प्रशासनले उजुरीलाई काउन्सिल पठायो
स्याङ्जाबाट मोटरसाइकल चोरी गर्ने कास्कीका दुईजना पक्राउ
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते