गृहमन्त्री रविविरूद्ध सहकारीको विषयमा कास्कीमा परेकाे जाहेरी सर्वोच्चले माग्यो

गृहमन्त्री रविविरूद्ध सहकारीको विषयमा कास्कीमा परेकाे जाहेरी सर्वोच्चले माग्यो

rabi-lamichhane

पोखरा । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरूद्धको रिटमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी झिकाउन आदेश दिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन विषयमा आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कास्कीमा पेस भएको जाहेरी दरखास्त प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन आदेश दिएको हो ।

इजलासले दुवै पक्षलाई जेठ २८ गते अन्तरिम आदेश जारी गर्ने/नगर्ने भन्ने विषयमा छलफल गर्नका लागि बोलाएको छ ।

सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुन सहित विभिन्न व्यक्ति र संस्था गरी १८ जना विरुद्ध पूरक जाहेरी दिएका थिए । सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ