हावाहुरीले घर भत्किँदा च्यापिएर ७० वर्षीय वृद्धको मृत्यु

हावाहुरीले घर भत्किँदा च्यापिएर ७० वर्षीय वृद्धको मृत्यु

mrita fela

दाङ । दाङमा शनिबार राति आएको हावाहुरीले घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसी रहेका छन्।

गएराति ८ बजे हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका खत्रीको च्यापिएर मृत्यु भएको हो ।

उनको परिवारमा तीनजना भएपनि हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र थिए।

हावाहुरीसहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो।

उनकी श्रीमती भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

मृतक खत्रीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds