पशुपंछी प्रेमी समूह पोखराले शनिबार राष्ट्रिय पशुपंछी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।
विश्वमा बर्ष भरी मानवद्वारा ज्ञात अज्ञात रूपमा मारिएका पशुपंछीप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक एनिमल लवर्स ग्रुप पोखराले जानकारी गराएको छ ।
पोखरामा पशुपंछीका लागि काम गर्ने व्यक्तिहरू मिलेर बनेको समूह उक्त समूहका सदस्यहरु भेला भएर पशुपंछी कल्याण, पशुपंछी अधिकारका विषयहरु समेटिएका प्ले कार्डहरू प्रदर्शनी गरेका छन् ।

पोखराको चिप्लेढुंगा नजिकै रहेको मानव अधिकार चोकको चौतारामा जम्मा भएर प्लेकार्ड प्रदर्शनी, पशुपंछीप्रति श्रद्धाञ्जली, दीप प्रज्वलन तथा मौनधारण गरी शान्तिपूर्ण कार्यक्रम तबरले कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा बिशेष गरी पशुपंछीप्रति हुने विभिन्न किसिमका हिंसा, अत्याचारको अन्त्य हुनुपर्ने, अमानवीय रूपमा पशुपंछी ढुवानी गर्न नहुने, अण्डा उत्पादन गर्ने कुखुरालाई खुला रूपमा बाँच्न दिनुपर्ने, मानव जस्तै पशुपंछीलाई पनि स्वतन्त्र रूपमा जीवन बिताउन पाउने अधिकार भएको जस्ता सन्देशहरू प्लेकार्डमा समावेश गरिएका थिए ।

विशेष गरेर पशुपंछी कल्याण र अधिकार सुनिश्चितताका लागि पाँच किसिमका स्वतन्त्रता सुनिश्चित हुनु जरूरी रहेको पशुप्रेमीहरुको भनाई रहेको थियो ।
यी पाँच बुँदाहरु निम्न छन्
१) भोक, प्यास र कुपोषण हुन नदिने ।
२) डर, त्रास तथा तनावबाट मुक्त हुनुपर्ने ।
३) भौतिक तथा शित तापजन्य असुविधाबाट सुरक्षित गर्ने।
४) दुःख, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित गर्ने ।
५) सामान्य व्यवहार अभिव्यक्त गर्न पाउने।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने