सिंह शार्दूल गुल्म आँधिखोला ब्यारेक स्याङ्जाद्वारा बिरुवा गाउँपालिकामा आयोजित नि: शुल्क स्वास्थ्य शिविरमा करिब ७०० जना नागरिकहरु लाभान्वित भएका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -३ स्थित नेपाली सेनाको आँधिखोला ब्यारेकले स्वास्थ्य कार्यालय स्याङ्जा, स्याङ्जा अस्पताल, भिरकोट स्वास्थ्य चौकी र बिरुवा गाउँपालिकाको समन्वय, सहयोग र सहकार्यमा दुई दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको ब्यारेकका सेनानी पुरुषोत्तम कार्कीले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा रहेका नागरिकको स्वास्थ्य परिक्षणका लागि बिरुवा गाउँपालिका -८ मेथाभुरुङ स्थित भिरकोट स्वास्थ्य चौकीमा जेठ १६ र १७ गते ३ नं बाहिनी अड्डा र ३ नं फि.ए. गुल्म नेपाली सेनाको सहकार्यमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सेनानी कार्कीले बताए ।
उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाको सैनिक अस्पताल पोखरा र ३ नं फि.ए. गुल्मबाट साथै स्याङ्जाका स्वास्थ्य कार्यालयहरुबाट खटिएका विशेषज्ञ चिकित्सकहरुद्वारा परिक्षण एवं उपचार गरिएको थियो ।
दुई दिने नि: शुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी, ब्लड प्रेसर, मधुमेह, ग्यास्ट्राइटिस, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटी, आँखा, पेट, छाती तथा मुटु रोग, छाला तथा यौन रोग, नशा रोग र दन्त चिकित्सक सेवाको साथै प्रकोपजन्य रोगका ६७८ जना नागरिकको परिक्षण तथा उपचार गरिएको सेनानी कार्कीले जानकारी दिए ।

सेनानी कार्कीका अनुसार स्वास्थ्य शिविरको पहिलो दिनमा १६३ जना महिला, ५६ जना पुरुष तथा २० जना बालबालिका र दोस्रो दिन १९४ जना महिला, ९५ जना पुरुष साथै १५० जना बालबालिका गरि जम्मा ६७८ जना नागरिक स्वास्थ्य सेवाबाट लाभान्वित भएका थिए । स्वास्थ्य शिविरमा धेरै नागरिकहरुलाई लाभान्वित गराउन सकिएकोमा शिविर अति नै प्रभावकारी रहेको सेनानी कार्कीले बताए ।
उक्त स्वास्थ्य शिविरमा पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष पौड्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल प्रहरीका उपरीक्षक शालिग्राम शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जाका उप- निर्देशक सुशान्त बराल, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक देवराज जोशी, बिरुवा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु लगायत नागरिकहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने