पोखरामा किङ्स कप भेट्रान्स भलिबल सुरु, एफिएफ सेमिफाइनल प्रवेश

पोखरामा किङ्स कप भेट्रान्स भलिबल सुरु, एफिएफ सेमिफाइनल प्रवेश

Cover Photo volley

पोखरा । पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज (शुक्रबार) देखि प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता सुरु भएको छ ।

पूर्व खेलाडीहरुबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित खेलकुदको क्षेत्रमा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा आजदेखि भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको हो ।

समाजसेवी गंगा बहादुर खड्काको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा पहिलो चरणका खेल सकिएको कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए ।

उनका अनुसार एपिएफको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै विश्वकर्मा समाजलाई २–० को सोझो सेटमा हराउँदै जिएम ब्रदर्श क्वाटरफाइनलमा प्रवेश गर्याे ।

अर्काे खेलमा छन्त्याल भेट्रान्सलाई २–० को सोझो सेटमा हरिनास भेट्रान्सले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।

आँधीखोला हङकङले आयोजक बिलाई २–० को सोझो सेटमा पराजित गर्दै आँधीखोला क्वाटरफाइनमा प्रवेश गरेको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

उनका अनुसार अर्काे खेलमा पोखरा २० मोहरियाको अनुपस्थितिमा पोखरा भेट्रान्स वाकओभरमार्फत विजयी बन्यो ।

यस्तै व्यास तनहुँको अनुपस्थितिमा गलकोट र धवलागिरी टिमको अनुसस्थितिमा आयोजक बिजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।

अब शनिबार पोखरा भेट्रान्स र गलकोट, जिएम ब्रदर्श र आयोजक क्वाटरफाइनलमा भिड्नेछन् । यस्तै आँधीखोला र हरिनास भेट्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

कुल १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds