कास्कीको रुपामा हावाहुरीले १४ घरमा क्षति

कास्कीको रुपामा हावाहुरीले १४ घरमा क्षति

hawahuri

पोखरा । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
जेठ १७ गते साँझतिर हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले मानवीय र चौपाया क्षति भने भएको छैन ।

कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नम्बर १ च्यार्पे बस्ने नरमाया गुरुङ, रुपा गा.पा. वडा नं. २ छापडाँडा बस्ने सोम बहादुर खड्का, माझकोट बस्ने हर्क बहादुर गुरुङ, रुपा गाउँपालिका ६ जामुने बस्ने चिजामाया गुरुङ, कसिला गुरुङ, प्रतिक अधिकारी, गंगा गुरुङ, राज कुमार तामाङ लगायतको घरमा हावाहुरीले क्षति पुर्‍याएको छ ।

रुपा गाउँपालिका ६ मियागाउ बस्ने अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्ण बहादुर थापा, तसबिरन मिया र भिरचोक बस्ने जानकी गुरुङको घरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ ।

चिसापानीस्थित कोट मन्दिर र थापा गाउँको कुल मन्दिरका छाना पनि हुरीले उडाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds