पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा सम्पन्न कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका र छात्रातर्फ अम्मरसिंह मावि विजयी भएका छन् ।
पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ कालिकाले नवप्रभात माविलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भयो । टस जितेर ब्याटिङ गरेको नवप्रभातले ११.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाएको थियो । नव प्रभातका अनिश पटेलले १३ रन जोडे । कालिकाका बलरहरू टङ्क आचार्य र मनोज नेपालीले दुई दुई विकेट लिए। जितका लागि ५३ रनको लक्ष्य पछाएको कालिकाले ७.६ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्यो । कालिकाका लागि टङ्क आचार्यले अभिजित १२ तथा समिर अधिकारीले १२ रन बनाए । नव प्रभातका अनिश पटेल र समीर भुजेलले दुई दुई विकेट लिए ।
छात्रतर्फ अमरसिंहले सिद्ध माविलाई १५ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिला ब्याटिङ गरेको अमरसिंहले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । अमरसिंहका सुबिना गुरुङले १६ तथा चन्द्रमाया बरालले १० रन जोडिन् । प्रतिउत्तरमा सिद्धको पारी ९० रनमै समेटियो । सिद्धको तर्फबाट रचना चौधरीले १८ रन बनाएकी थिइन् ।

प्रतियोगितामा छात्रतर्फ कालिकाका समिर अधिकारी सर्वोत्कृष्ट खेलाडी, नवप्रभातका अनिश पटेल उत्कृष्ट बलर तथा सिद्धका निशान नेपाली उत्कृष्ट ब्याट्सम्यान बने । छात्रातर्फ अमरसिंहकी चन्द्रमाया बराल सर्वोत्कृष्ट खेलाडी, सिद्धकी रचना चौधरी उत्कृष्ट बलर तथा सिद्धकै रोजी परियार उत्कृष्ट ब्याटर भइन् ।
प्रतियोगिताका विजयी खेलाडी तथा टिमहरूलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाली सेना विजयपुर ब्यारेकका प्रमुख सेनानी निरुत्तम पौडेल, पोखरा महानगर खेलकुद समितिका अध्यक्ष दीपकबहादुर गोदार, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष संजय सिग्देल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कास्कीका अध्यक्ष राजन पौडेल, सहयोगी संस्था किडासा फाउन्डेसनका कार्यक्रम विश्लेषक कृपासु निरौला लगायतले शिल्ड मेडल प्रमाणपत्र पुस्कार वितरण गरे । आयोजक समितिका अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा समारोह सम्पन्न भएको हो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो