भारतको जम्मुमा तीर्थयात्री सवार दुर्घटना, २२ जनाको मृत्यु

भारतको जम्मुमा तीर्थयात्री सवार दुर्घटना, २२ जनाको मृत्यु

jammu-accident

पोखरा । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ६९ जना घाइते भएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा बिहीबार बस दुर्घटना भएको हो । बस करिब १५० फिट तल खसेको छ ।

बसमा उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब ९० जना तीर्थ यात्री थिए । उनीहरु हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

घाइतेहरुलाई जम्मुको अखनुर अस्पतालमा र सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds