पोखरा । नेकपा (एमाले) पोखरा पोखरा महानगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा (एमाले)ले ७५३ स्थानीय तहमा नै पालिका कमिटी गठन गरेको थियो ।
नेकपा (एमाले) पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनका लागि वडा, जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।
११६ सदस्यीय आयोजक कमीटी, ४८ सदस्यीय सल्लाहकार समिति, वडा कमीटी २९६ ,जनवर्गीय संघठनबाट ३७ गरीसमेत गरी कुल ४९७ जना प्रतिनिधि रहनेछन् ।
जेठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उदघाटन नेकपा (एमाले)का केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । त्यसपश्चात बन्द सत्रका कार्यक्रमसमेत पोखरा सभागृहमा सञ्चालन हुने छन् ।
कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पोखरा झल्किने लोगोमा नेकपा (एमाले) को पार्टीको झण्डा, चुनाव चिन्ह, माछापुच्छ«े हिमालको दृश्य समावेश गरीएको छ ।
नेकपा (एमाले) पोखरा महानगर अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव १/१ जना, उपसचिव २ जनासहित १०१ जना छनोट हुने नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले जानकारी गराएका थिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो