सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न

sahakari

पोखरा । पोखरा महानगरपालिका सहकारी शाखाको आयोजनामा कास्की जिल्ला स्थित विषयगत सहकारी संघ संस्था र प्रारम्भिक सहकारीका सहकारी कर्मीहरुलाई लक्षित गरि सहकारीको वर्तमान अवस्था र नियमनकारी निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहकारी संस्थाका प्रतिनिधिहरुले सहकारी ऐन, नियमावलीमा केही संसोधन गरेर भए पनि ऋण असुलीको वातावरण बनाउनु पर्ने र ऋण असुलीको नभएसम्म वचत कर्ताको बचत फिर्ता नहुने कुरा राखे ।

सहकारी अभियानले राज्यसंग समन्वय वहस र पैरवीगरि २० प्रतिशत करलाई घटाएर १० प्रतिशत भन्दा कम गर्नुपर्ने प्रभावकारी अनुगमन गर्नुपर्ने, तालिमको आयोजना गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने स्थानिय स्तरमा पनि कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण स्थापना गर्नुपर्ने , मालपोतमा लाग्ने धितो वन्धक शुल्क नलगाउन पहल गर्नु पर्ने, धितो लिलामी प्रक्रिया सरलीकरण गरि मालपोत कार्यालय लगायतका सरकारी कार्यालयले सहकारीको ऋण असुलीमा सहजीकरण गर्नुपर्ने पालीका स्तरमा कालो सूची प्रकासनको व्यवस्था मिलाउनु पर्ने सहकारीको ऋण लिएर भाका भित्र चुक्ता नगर्ने सदस्यलाई स्थानीय निकाले कुनै पनि सिफारिस लगायतका सुविधा प्रदान नगर्ने व्यवस्था मिलाउनु पर्ने जिकिर गरे ।

त्यसै गरि संचार माध्यमले सहकारीका नराम्रा समाधार मात्र सम्प्रेसन गर्ने परिपाटी बन्द गरि राम्राकार्यहरुको पनि उजागर गर्नुपर्ने सरकारले निती तथा कार्यक्रमममा सहकारीको संरक्षण गर्ने उल्लेख गरे पनि बजेटमा भने उदाशिनता देखाएकाले बजेट मार्फत सहकारी संरक्षण गर्नुपर्ने र सदस्यको बचत सुरक्षणका लागि कार्य गर्नुपर्ने जोडदार माग समेत गरे साथै महानगरपालिकामा सहकारीको लेखा परिक्षण गर्ने लेखा परिक्षक र सफ्टवयर प्रदायक कम्पनीहरुको सूचीकरण गरि प्रभावकारी नियमन गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लि कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सवै सहकारीहरु ऐन नियम भित्र रहनुपर्ने महानगरले प्रभावकारी अनुगमन गर्नुपर्ने कुरा व्यक्त गर्दै आफूहरुले संघिय र प्रदेश सरकार संग सहकारीको सुरक्षाको निम्ति वहस र पैरवी गरि रहेको जिकिर गरिन । कास्की बचत संघका अध्यक्ष शेर वहादुर कार्कीले सहकारीका संचालक र कर्मचारीलाई आफूहरुले तालिम प्रदान गरिरहेको तर सबै सहभागीहरुले तालिममा सिकेका कुरा व्यवहारमा लागू नगरेको गुनासो व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका सहकारी शाखाकादर्ता अधिकारी अनिल कार्कीले ऐन नियम अनुसार सहकारी संस्थ संचालन गर्नुपर्ने र अनुगमनको क्रममा दिइएका सु झाव तथा निर्देशनहरु पालना गर्नु पर्ने पालना नगरेको पाइएमा गाम्भियताका आधारमा कारवाही समेत गरिने कुरा व्यक्त गरे ।

सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम बुदा टिपोट दिपक प्रकाश आचार्य र भानुभक्त अधिकारीले गरेका थिए । सहकारी समितिका सदस्य नारायण आचार्यले संचालन गरेका कार्यक्रमको व्यवस्थापन शाखाकाअधिकृत ऋषिराम सापकोटाले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds