पोखरा । दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी हात पारेको छ । पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित ग्रीन गार्डन स्पोर्ट हबमा आयोजित प्रथम अन्तर दोहोरी साँझ स्तरीय महिला भलिबलको उपाधि पोखरा चिप्लेढुंगा स्थित निरमाया दोहोरी साँझले हात पारेको हो ।
प्रतियोगिताबाट बाराही दोहोरी साँझ दोस्रो र आयोजक तेस्रो भएको छ । विजयी भएसँगै निरमायाले खसी उपहार प्राप्त गरेको छ । निरमायाबाट सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ खेलेका थिए । उनीहरुलाई रोशन थापा मगरले कोच गरेका थिए ।
निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले नगद सहित भलिबल प्राप्त गरिन् । उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।
सो अवसरमा रस्साकस्सी र म्युजिकल चियर प्रतियोगिता समेत भएको थियो । रस्साकस्सीमा निरमाया दोहोरी साँझले नै जितेको छ भने म्युजिकल चियरमा समेत निरमाया दोहोरी साँझकी निरुता थापामगरले जितेकी छिन् । दोहोरीको सफलता प्रति संचालक जीवन गुरुङ खुशी छन् । पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समेत रहेका गुरुङले भाइचाराको सम्बन्ध स्थापित गर्न यस्ता प्रतियोगिताको आयोजना हुँदै जानुपर्ने बताए ।
संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमा समेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे । निरमाया दोहोरी साँझ पारिवारिक दोहोरी साँझ भएको उनले बताए । यस्ता खालका प्रतियोगितामा आगामी दिनमा समेत सहभागी हुँदै जाने भनाई उनको छ । विगत २१ वर्षदेखि निरमाया दोहोरी साँझले सेवा प्रवाह गरिरहेको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो