गण्डकीका अस्पतालमा गर्भवती र सुत्केरी आवास स्थापना गर्ने पाण्डेको पहिलो निर्णय

मुख्यमन्त्रीद्वार पदभार ग्रहण

गण्डकीका अस्पतालमा गर्भवती र सुत्केरी आवास स्थापना गर्ने पाण्डेको पहिलो निर्णय

sr pandey

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार शपथ लिए लगत्तै पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरुमा गर्भवती तथा सुरत्केरी महिलाकालागि महत्वपूर्ण निर्णय गरेका छन् ।

गर्भवती तथा सुरत्केरी महिलाका लागि आवास स्थापना तथा सञ्चालन गर्ने र स्थानीय तहलाई कानुनी ज्ञान भएका जनशक्ति व्यवस्थापन गर्न न्यायिक सहजकर्ताको छनौट तथा ब्यवस्थापन र परिचालनकालागि स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने समेत निर्णय गरेका छन् ।

उनै आजै प्रदेश प्रमुखसँग शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले बिन्दुकुमार थापा र डा‍‍ टकराज गुरुङलाई मन्त्री बनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds