पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिकै भोलिपल्ट प्रदेश सभाको बैठक बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी जेठ १७ गते बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने भएकाले उपस्थितिका लागि सदस्यहरुलाई आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको आग्रह अनुसार नै प्रदेश सभाको बैठक डाकिएको सचिवालय स्रोतले जनाएको छ । समय कम रहेकाले मुख्यमन्त्री हुनु अगावै उनले निर्देशन दिएको बुझिन्छ । बजेटको सिद्धान्त र प्राथमिकता र प्रस्तुत गर्नका लागि प्रदेश सभाको बैठक डाकिएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक भने बिहीबार बिहान नै बस्ने भएको छ ।
जेठ १५ गते दिनको १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएकासम्मका लागि स्थगित भएको थियो । यसअघि प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेस र विपक्षी दल राप्रपाका सांसद अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो ।
सामान्य अवस्थामा बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान छ । तर राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको अवस्था छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने