मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले सपथ लिने, कास्कीका बिन्दुलाई सामाजिक विकास र लमजुङका टकराजलाई अर्थको जिम्मेवारी

नयाँ सरकार गठनः

मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले सपथ लिने, कास्कीका बिन्दुलाई सामाजिक विकास र लमजुङका टकराजलाई अर्थको जिम्मेवारी

surendra bindu takraj

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केहीबेरमा २ मन्त्रीसहित सपथ लिने भएका छन् । कांग्रेसका बिन्दुकुमार थापा र डा. टकराज गुरुङलाई लिएर सपथ लिने जानकारी प्राप्त भएको छ ।

बाँकी मन्त्रालय आफूसँगै राख्दै तीन सदस्यीय मन्त्रिमण्डल गठनको पत्र मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा पठाएकाे बताइन्छ । आफूसँगै २ मन्त्रीले सपथ लिने जानकारी मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखलाई दिएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।

मन्त्रीको नाम र जिम्मेवारीबारे भने औपचारिक जानकारी प्राप्त नभएको उनले बताए ।

यद्यपी, श्रोतका अनुसार लमजुङका गुरुङले अर्थ र कास्कीका थापाले उर्जा र सामाजिक विकास तथा स्वास्थ्य गरी २ मन्त्रालयको जिम्मा पाउने भएका छन् ।

थापा दोस्रोपटक प्रदेश मन्त्री हुन लागेका हुन् । यसअघि उनी कानुन मन्त्री भएका थिए । टकराज पहिलोपटक मन्त्री बन्न लागेका हुन् । उनी गण्डकी प्रदेशसभा सदस्यका पहिलाे र एक मात्रै पिएचडी गर्ने सांसद हुन् ।

गण्डकीमा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत संख्या ३१ जना हुनुपर्छ ।

सर्वोच्चको परमादेश अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बुधबार सभागृह हलमा आयोजित कार्यक्रममा सपथ लिन लागेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds